मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसाईँ नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्रसाईँ नियुक्त

हेटौंडाः
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले रजिष्ट्रारसहित विभिन्न पदाधिकारी नियुक्त गरेको छ।  प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबार प्रतिष्ठानको रजिष्टारमा राजेश प्रसाईं, रेक्टरमा डा. सतिश देव, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गरिएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ। 
पदाधिकारीहरुलाई सोमबार नै सपथ समते खुवाइएको छ। प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, सहकुलपति रहेका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्यहरुको उपस्थितिमा पदाधिकारीहरुले सपथ ग्रहण गरेका हुन्।  प्रतिष्ठानका उपकुलपति प्रा.डा जोशीले रजिष्टार, रेक्टर, निर्देशक र संयोजकलाई सपथ पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।