अब एसएमएसबाटै ल्याण्डलाइनको बिल थाहा पाउन सकिने, यस्तो छ तरिका

अब एसएमएसबाटै ल्याण्डलाइनको बिल थाहा पाउन सकिने, यस्तो छ तरिका

नेपाल टेलिकमको ल्याण्डलाइनको बिल अब एसएमएसबाटै थाहा पाउन सकिने भएको छ । कम्पनीले एसएमएसबाटै ल्याण्डलाइनको बिल हेर्न सकिने गरी नयाँ सुविधा ल्याएको हो ।

यो भन्दा पहिले सम्म प्रयोगकर्ताले नेपाल टेलिकमको मोबाइल एपमा वस कार्यालय सम्मै पुगेर बिलको जानकारी लिनुपर्ने हुन्थ्यो । यो प्रक्रियाले गर्दा हामीले अरु बेला मोबाइलमा ब्यालेन्स चेक गरेको जस्तै सजिलो र छिटो हुनेछ । 

ल्याण्डलाइनको बिल एसएमएसबाटै थाहा पाउन अङ्ग्रेजीको ठूलो अक्षरमा सीबी लेखि आफ्नो एरिया कोड सहितको ९ अंकको ल्याण्डलाइन नम्बर टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यो प्रक्रिया पुरा भएपछि आफ्नो मोबाइलमा डयू अमाउन्ट र क्रेडिट लिमिटको जानकारी प्राप्त हुनेछ ।