पशुपतिनाथको महास्नान आज

पशुपतिनाथको महास्नान आज

काठमाडौँँ-
सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न बचाउन जारी गरेको बन्दाबन्दी र निषेधाज्ञामा पनि पशुपतिनाथको महास्नान पर्व रोकिएन । निषेधाज्ञाकै समयमा बुधबार नाथको सातौँ महास्नान हुँदैछ । बन्दाबन्दी र निषेधाज्ञा अवधिमा यसअघि छ पटक महास्नान सम्पन्न भइसकेको छ ।
महास्नान सञ्चालन गर्ने पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार २७÷२७ पाथी मह, घिउ, चिनी, दूध, दहीले गर्नुपर्ने यो महास्नानमा बन्दाबन्दी र निषेधाज्ञाका समयमा पनि सामान जोहो हुन सक्यो । आवश्यक बलिका दोपाया चौपाया ल्याइयो । चौरासी व्यञ्जन पनि उपलब्ध भयोे । तत्कालीन स्वामी महाराज रणबहादुर शाहले मुलुकमा शान्ति र महामारी नहोस् भन्ने कामनाका साथ यो पर्व चलाएको इतिहास छ ।