कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी

कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी

धनगढी : कैलालीमा भदौं ४ गते मध्यराती देखि जारी गरिएको निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भदौ १९ गतेपछि कसरी जाने भन्ने विषयमा सबै पक्षसँग छलफल भइरहेको बताउँदै केही सेवाबाहेक अन्य सेवा सुचारु गर्ने तयारी भईरहेको जानकारी दिए ।

जिल्लामा कोरोनाको संक्रमण बढेपछि प्रमुख जिल्ला अधिकारीले गत भदौ ४ गते मध्यरातिदेखि लागू हुने गरी पहिलोपटक भदौ १४ गतेसम्म  निषेधाज्ञा जारी गरेका थिए।

सुरुमा १० दिनका लागि निषेधाज्ञा जारी भएकोमा पछि पाँच दिन थप गरी भदौ १९ गतेसम्म पुर्‍याइएको थियो।