कहिले सम्म कुर्नु यो देशमा काम पाइन्छ भनेर

कहिले सम्म कुर्नु यो देशमा काम पाइन्छ भनेर

कहिले सम्म कुर्नु यो देशमा काम पाइन्छ भनेर,
आफूले काम गरेको ठाउँमा दाम पाइन्छ भनेर।


जीवनभर त भारी बोक्दा बोक्दै तालु खुइलियो,
बाले सोच्दै हुनुहुन्छ होला आराम पाइन्छ भनेर।


अलिकति मानवीयता हुनेले मान्छे भएर सोच्नु,
किन गर्छ ऊ जागीर पेट भर्न माम पाइन्छ भनेर।


श्रमको मूल्य पाइन्छ सोच्नु नै व्यर्थ रहेछ सायद,
मूर्ख झै भौतारिने मध्यरातमा घाम पाइन्छ भनेर।


भोको पेट भर्न नाङ्गो आङ ढाक्न गर्छ जगीर ऊ,
भोकै त कति गर्ला र इज्जत नाम पाइन्छ भनेर।