डडेल्धुरामा दुर्घटना हुदा वडाध्यक्ष सहित चार जनाको मृत्यु

डडेल्धुरामा दुर्घटना हुदा वडाध्यक्ष सहित चार जनाको मृत्यु

धनगढी : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि डोटीको आर्दश गाउँपालिका वडा नम्वर २ का अध्यक्ष पदमसिह बोहरा, लालु बोहरा र दिपायल सिलगढी नगरपालिका, ४ का विनोद रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रावल गाडी मालिक हुन । 

आर्दश गाउँपालिका वडा नम्वर २ कै जानकी वोहराको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पु¥याए लगत्तै मृत्यु भएको हो । 

दुर्घटनामा परि घाईते ७ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

गम्भीर घाईतेलाई उपचारका लागि धनगढी रेफर गरिएको र अन्यको उपक्षेत्रीय अस्पलात डडेल्धुरामा उपचार भईरहेको उनले बताए ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।