पाकिस्तानले बन्द गर्‍यो पाँचवटा डेटिङ एप

पाकिस्तानले बन्द गर्‍यो पाँचवटा डेटिङ एप

पाकिस्तानले आफ्नो देशमा टिन्डर र ग्रीन्डरसहित पाँचवटा डेटिङ एपको प्रयोगमा प्रतिबन्ध लगाएको छ। सीएनएनले उल्लेख गरेअनुसार पाकिस्तानमा मंगलबारदेखि टिन्डर, ट्याग्ड, स्कोउट, ग्रीन्डर र सेहाईजस्ता डेटिङ एप बन्द गरिएको हो।

पाकिस्तान दूरसञ्चार प्राधिकरणले डेटिङ एप बन्द गर्न सल्लाह दिने कम्पनीहरूलाई त्यस्ता एपमा प्रतिबन्ध लगाइएको सूचना दिइसकेको छ। तर, बन्द गरिएका डेटिङ एपहरूले देशको कानुनको पालना गर्न तयार भएमा प्रतिबन्धमाथि पुनर्विचार गरिनेछ।

पाकिस्तानमा प्रतिबन्ध लगाइएको टिन्डर र ग्रीन्डरजस्ता डेटिङ एप अमेरिका र पश्चिमा देशहरूमा लोकप्रिय छन्। पछिल्लो १२ महिनाको अवधिमा पाकिस्तानमा चार लाख ४० हजार जनाले टिन्डर डाउनलोड गरेका छन्।

यस्तै १२ महिनाको अवधिमा ग्रीन्डर एप तीन लाख जनाले डाउनलोड गरेका छन्।