बझाङमा २५ गते सम्मका लागी निषेधाज्ञा सुरु

बझाङमा २५ गते सम्मका लागी निषेधाज्ञा सुरु

बझाङ ।
बझाङमा एक हप्ताको लागि निषेधाज्ञा सुरु भएको छ । 
सङ्क्रमितको संख्या बढ्दै गएपछि हिजो बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गएराति देखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 बझाङमा चार सय १८ जना सङ्क्रमित रहेका छन् भने दुई सय ८१ जना निको भएका छन् । सङ्क्रमितमध्ये ११ जना समुदायमा भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।