गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा

गोंगबु हत्याकाण्डकी आरोपी पौडेल पुर्पक्षको लागि थुनामा

काठमाडौं- गत साउन २५ गते गोंगबुमा भएको विभत्स हत्याकाण्डकी आरोपी कल्पना (मुडभरी) पौडेललाई प्रहरीले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशमा पौडेललाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

हत्यामा सहयोगीको भूमिकामा देखिएकी उनकी छोरी भने नाबालिका भएका कारण भक्तपुरको सुधारगृह पठाइएको छ ।

अदालतका अनुसार उनलाई सानोठिमीको बालसुधार गृहमा पठाइएको हो ।

कल्पनाले रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको आफूले गरेको स्वीकार गरिसकेकी छिन् । प्रहरीले घटनाको भोलिपल्टै उनलाई चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।