सायद मैले पनि त्यसो गर्न सकेको भए

सायद मैले पनि त्यसो गर्न सकेको भए

सायद मैले पनि त्यसो गर्न सकेको भए,
कुनै बहानाले नजिक सर्न सकेको भए।


लाग्छ केही त जरुर प्राप्ती हुन्थ्यो होला,
भजन गर्दै शरण तिम्रो पर्न सकेको भए।


इमान बेचेर पेट पाल्न मनले मानेन मेरो,
जाती हुन्थ्यो तिमी झै झर्न सकेको भए।


तिमी नि आफन्त जस्तै ठान्थ्यौ होला खै,
बैमानी गरी गोजी तिम्रा भर्न सकेको भए।


भोको पेट बस्नेको त तिमीलाई चिन्ता छैन
चिन्ता आफन्तलाई दाना छर्न सकेको भए।