ऊ मन्दिर गयो र फर्कियो पूजेर पत्थर किन होला?

ऊ मन्दिर गयो र फर्कियो पूजेर पत्थर किन होला?

ऊ मन्दिर गयो र फर्कियो पूजेर पत्थर किन होला?
देखेन ढोकामै बसेका बुढा बा अक्सर किन होला?


जसले सबैभन्दा बढी गल्ती र भ्रष्टाचार गर्छ उसैले,
गर्छ प्रगति र उन्नति यो देशमा निरन्तर किन होला?


अमेरिकी राष्ट्रपतीले छोरी पढाउन सकेनछ बिचरा ,
हाम्राले खान-दान धानेकै छन सकभर किन होला?


बिचरा जसले दुनियाँको लागि बाली उब्जाइ रह्यो,
आफू भने भोकै बस्न बाध्य छ हर प्रहर किन होला?


जुन देशको लागि छोरा हाँसी-हाँसी मर्न तयार भयो,
त्यहीँ देशमा नि बा-आमाको आँसु बर्बर किन होला?