भारतमा फेरि टिकटक खोल्ने तयारी

भारतमा फेरि टिकटक खोल्ने तयारी

भारतमा फेरि टिकटकको प्रतिबन्ध हटाएर चलाउने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

टिकटक भारतीय एसेटलाई जापानी कम्पनी सफ्टबैंकले किन्न लागेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केहि महिना अगाडि लागेको प्रतिबन्ध हटाएर पुनः टिकटक खोल्ने तयारीमा लागेको बताइएको छ ।

भारतले पहिलो टिकटक सहित पटक १५९ र दोश्रो पटक पब्जीसहित ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । टिकटक प्रयोगकर्तामध्ये ३० प्रतिशत मानिस भारतीय रहेको बताइएको छ ।