टेलिकमकले ल्यायो सस्तो डेटा प्याक, २०० रुपैयाँमै १० जीबी यसरी लिनुहोस् सेवा !

टेलिकमकले ल्यायो सस्तो डेटा प्याक, २०० रुपैयाँमै १० जीबी यसरी लिनुहोस् सेवा !

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आकर्षक डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बस्न आग्रह गर्दै स्टे कनेक्टेड प्याक ल्याएको हो ।

टेलिकमले सार्वजनिक गरेको नयाँ डेटा प्याकमा प्रयोगकर्ताले २०० रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा अतिरीक्त रुपमा उपलब्ध गराउनेछ ।

सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये चार जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको छ ।

एक जीबी नियमित डेटामा कम्पनीले अतिरीक्त रुपमा थप तीन जीबी उपलब्ध गराउनेछ । यसरी प्राप्त चार जीबी डेटा फोरजी नेटवर्कमा बोनसको रुपमा पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गतको डेटा त्यसको अवधिभर जुनसुकै बेला जुनसुकै सेवाका लागि प्रयोग गर्न सकिनेछ टेलिकमले जनाएको छ । कम्पनीका प्रयोगकर्ताले *1415# डायल गरी यी दुवै डेटा प्याकेज रोजेर खरिद गर्न सक्नेछन् ।