१ रुपैयाँमै एनसेलको पहिलो सीम, साथमा आकर्षक सुविधा !

१ रुपैयाँमै एनसेलको पहिलो सीम, साथमा आकर्षक सुविधा !

एसईई पास गरेका विद्यार्थीहरुलाई लक्षित गरी निजि मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पहिलो सीम सार्वजनिक गरेको छ । एनसेलले पहिलो सिम एक रुपैयाँमै उपलब्ध गराउने छ । 

पहिलो सिममा एक वर्षको लागि माई फाईभ सेवा निशूल्क पाप्त हुनेछ । त्यस्तै सिम खरिद गर्दाको दिनमै १०० रुपैयाँको रिचार्ज गरेमा ३० दिनसम्म प्रत्येक दिन १०० एमबीको दरले डेटा पाउन सकिने छ ।

कम्पनीका अनुसार प्रत्येक १०० रुपैयाँको रिचार्जमा ३०० एमबी डेटा बोनस पाइने छ । जसमध्ये १०० एमबी डेटा अलटाइम र २०० एमबी डेटा फोरजीमा खर्च गर्न सकिने छ । यो डेटा तिनदिनमा प्रयोग गरिसक्नुपर्ने छ । यी बाहेक अन्य थप सुविधा पनि उपलब्ध रहेको छ ।