जब गहुँ हरायो धान हरायो।।
बुझ्नुस गाउँ बाटै किसान हरायो।।
एउटा मान्छे दिउसै लाल्टिन बालेर हिन्छ।।
अनि भन्छ दुनियाँ बाटै भगवान हरायो।।
आमाको अनुहारको निराशा कहिल्यै मेटियन।।
कारण वर्शौ अगाडि सहरमा सन्तान हरायो।।
यो दिल चोर्नेको पनि तब खोजी गरेछु।।
जब उस्ले आफ्नो नाम हरायो निसान हरायो।।
लेखक: राम भट्ट