बझाङमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ : बझाङमा आज (शनिबार) थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा गरिएको १ सय १० जनाको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अन्य ९४ जनाको नतिजा भने नेगेटिभ आएको छ । आज संक्रमण देखिएका थलारा गाँउपालिकाका ४ केदारस्युँ गाँउपालिकाका १० र छविसपाथीभेरा गाँउपालिकाका २ जना रहेका छन ।

शुक्रबार पनि मष्टा गाँउपालिकाकी एक किशोरीमा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।