यी ७ खानेकुरा जसले रोगप्रतिरोधात्मक क्षमता घटाउने गर्छन्...?

यी ७ खानेकुरा जसले रोगप्रतिरोधात्मक क्षमता घटाउने गर्छन्...?

अहिले कोरोना भाइरसका कारण धेरै मानिस घर भित्र थुनिएका छन । दिनानु दिन संक्रमित थपिँदै गर्दा कोरोना भाइरसबाट जोगिन मानिसहरुले खानपानमा ध्यान दिइरहेका छन् ।

रोगप्रतिरोधात्मक क्षमता बढाउन सके कोराना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । त्यसका लागि त्यसै अनुसारको खानपानमा ध्यान दिन जरुरी हुन्छ । दैनिक व्यायाम खानपानमा ध्यान दिएर प्रतिरोधी क्षमता बढाउन आवश्यक हुन्छ ।

विशेष गरी खानपान र स्वास्थ्यमा ध्यान नपुर्याउँदा यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै शारीरिक अंगको कार्यक्षमतामा पनि कमी आउँछ ।

त्यसैले ३० वर्ष उमेर पार गर्नेहरुले सही तथा पोषणयुक्त खानेकुराको सेवन गर्नुपर्दछ । यस उमेरमा निम्न कुरालाई सकेसम्म बार्नु राम्रो मानिन्छ ।

१. मैदा
३० वर्ष माथिका मानिसले सकेसम्म मम, चाउमिन लगायत मैदाबाट बनेको परिकार खानु हुदैन । मैदालाई शरीरले ग्लूकोजमा परिणत गर्ने भएकाले फ्याटको रुपमा संग्रहीत हुनजान्छ । विस्तारै पच्ने र लामो समयसम्म पेट भरिएको महसुस गराउँन आटा खानु राम्रो हुन्छ ।

२. नुन
शरीरका लागी नुन आवश्यक छ । तर ३० वर्ष उमेर कटेकाहरुले अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुदैन । शरीरमा सजिलै घुल्ने भएकाले नुनले शरीर फुलाउने र सुन्निने बनाई शरीर बुढो देखाउँछ । साथै यसले उच्च रत्तचाप तथा स्ट्रोक हुने खतरा हुन्छ ।

३. क्याफिन
कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनले अनिन्द्राको समस्या निम्त्याउँछ । साथै क्याफिनको अत्याधिक सेवनले बुढ्यौलीपना पनि निम्तिन्छ । मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्त्याई तौल समेत बढाउँछ ।

४. चिनी
कृत्रिम गुलियोले मात्र होइन, चिनिले पनि यो उमेरका मानिसमा हानिकारक पुर्याउन सक्छ । अत्याधिक मात्रामा चिनीको सेवन गर्दा हिप तथा पेट लगायतका अंगमा बोसो लाग्दछ । यसले बाँझोपना, अनुहारको चाउरीपना लगायतको स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

५. कृत्रिम गुलियो
बजारमा बिभिन्न प्रकारका कृत्रिम गुलियोका उत्पादनहरु पाइन्छ । यस्ता गुलियोले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो लाग्ने समस्या निम्त्याउँछ । जसले ३० वर्ष माथिका मानिसको शरीरमा टाइप २ मधुमेह, कार्डियोभास्कुल लगायतको रोग लगाउन सक्छ ।

६. रेडिमेड खाना
३० वर्ष उमेर कटेका तथा घर वा कोठामा पकाउन अल्छि मान्नेहरुका लागी रेडिमेड खाना राम्रो विकल्प हो । तर यस्ता खानामा नुन, चिनी तथा फ्याटको मात्रा बढि हुने भएकाले यो शरीरका लागी भने हानिकारक हुन्छ । त्यसैले रेडिमेड खाना नखानु राम्रो हुन्छ ।

७. क्यान
यस उमेरका मानिसले क्यान बन्द पेय तथा खाद्य सामाग्रीको प्रयोग गर्दछन् । तर क्यानमा राखिएको खानेकुरामा विपिए (प्लाष्टिकलाई कडा बनाउन प्रयोग गरिने रसायन विसोफेनल ए) को मात्रा धेरै हुन्छ, जसले बिभिन्न स्वास्थ्य समस्या निम्त्याउँने गर्दछ ।