मंगलबार आएको हावाहूरीले कैलालीका तीन सय बढी घरका छाना उडायो (हेर्नुहोस् फोटोमा)

मंगलबार आएको हावाहूरीले कैलालीका तीन सय बढी घरका छाना उडायो (हेर्नुहोस् फोटोमा)

धनगढीः मंगलबार साझ आएको हावाहूरीले कैलालीको टिकापुर नगरपालिका क्षेत्रमा भौतिक क्षेती पु¥याएको छ।  

हावाहुरीले टिकापुर नगरपालिकाका वडा नम्बर ६, ७, ८, ९ मा पर्ने घरहरूका छाना उडाएको छ। विशेष गरेर साबिकको धनसिघपुर गाविस र नायारयनपुर गाविसमा घरका छाना उडाएको टिकापुर नगरपालिका वडा नम्बर ८ का दीर्घ बहादुर ठकुल्लाले बताए।

उनले सो क्षेत्रमा पर्ने तीन सय बढी घरका छाना उडाएको जानकारी दिए। उक्त क्षेत्रमा विद्युतका पोल समेत भातिएको उनले बताए। 

हावाहूरीले घरका छाना उडाएपछि पीडित मानिस गए राती छिमेकीको घरमा बसेका थिए। अहिले उक्त क्षेत्रको क्षेति विवरण संकलन गर्न लागिएको वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले बताए।

तर यता जिल्ला प्रहरी कार्यालयमा भने उक्त विषयमा कुनै खबर नआएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानाएको छ।