चीनमा विकसित कोरोना विरुद्धका खोपको परीक्षणका लागि थप ४ देश सहमत

चीनमा विकसित कोरोना विरुद्धका खोपको परीक्षणका लागि थप ४ देश सहमत

काठमाडौं- 

चीनको चाइना नेशनल वायोटेक गु्रप र सिनोभेक बायोटेक लिमिटेडले चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपलाई थप चार मुलुकले परीक्षणका लागि सहमति जनाएको जनाएका छन् ।
नयाँ सहमति दिने मुलुकहरुमा पाकिस्तान र सर्बिया समेत रहको जनाउँदै ती कम्पनीले चीनमा कोरोना भाइरसका सङ्क्रमित घट्दै गएकाले थप तथ्याङ्क पाउनका लागि देश बाहिर बढी भन्दा बढी मात्रामा तेस्रो चरणको परीक्षण गर्न चाहेको उल्लेख गरेका छन् ।
सर्वियाले चाइना नेशनल वायोटेक गु्रपले बुहान र बेइजिङमा विकास गरेको दुईवटा खोपहरुको परीक्षण गर्न सहमति जनाएका छ भने पाकिस्तानले बेइजिङ युनिटले तयार गरेको खोपको परीक्षण गर्न सहमति जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटरलाई बताएको समाचारमा उल्लेख छ । सो बायोटेक समूहले तेस्रो चरणको परीक्षणमा दश देशका ५० हजार मानिस सहभागी हुने अनुमान गरिएको जनाएको छ । त्यस प्रकारको खोपको परीक्षण यूएई बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा शुरु भइसकेको छ ।
साथै चीनमा विकास भईरहेको सो खोपको पचास कारोड डोजको खरीदका लागि चसो देखाएको पनि बताइएको छ ।