बझाङको बुङगल नगरपलिकाका १० जनामा कोरोना पुष्टि

बझाङको बुङगल नगरपलिकाका १० जनामा कोरोना पुष्टि

बझाङ : आईतबार बझाङमा थप १० जनामा कोरोना संत्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा बुङगल नगरपलिकाका १० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २ सय ८१ नमुनाहरुमध्ये १२ जनामा संक्रमण देखिएको हो । बाँकी २६९ जनाको नतिजा भने नेगेटिभ आएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार आज संक्रमण देखिएका मध्ये १० जना बझाङको बुङगल नगरपालिकाका र २ जना डडेल्धुराको अमरगडी नगरपालिका ११ का रहेका छन ।

शनिबार मात्र थलारा गाँउपालिकाका ४ केदारस्युँ गाँउपालिकाका १० र छविसपाथीभेरा गाँउपालिकाका २ जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै जिल्ला भित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।