जयपृथ्वी राजमार्ग की ? खाल्डे राजमार्ग !

जयपृथ्वी राजमार्ग की ? खाल्डे राजमार्ग !

बझाङ: जयपृथ्वी राजमार्गको बागथला चैनपुर सडक खण्डको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । सकडमा भएका ठुला ठुला खाल्ल्डा र बर्षातको समयमा खाल्डाहरुमा पानी जमे पछि यस राजमार्गमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती खेप्नुपरिरहेको छ ।

सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने अवस्था भइसकेको छ । राजमार्गको बागथला देखि चैनपुर सम्मको ४५ किलोमिटरमा विभिन्न ठाँउमा खाल्डै खाल्डा परेका छन । सडक मर्मतका लागी करोडौ पैसा खर्च भए पनि सडकको अवस्था भने उस्तै छ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएकोे सडक खण्ड हस्तान्तरण नगर्दै विग्रेको थियो । ओटासिल प्रविधिमा आधारित यस सडकखण्डको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ ।

सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो समस्या भएको बझाङवासीको आरोप छ । सडकको स्तरोन्तीका लागी बजेट विनियोजन हुने गरेको भए पनि ठेकेदार कम्पनिको लापरवाहिका कारण समयमै सडकको स्तरोन्ती हुन सकेका नसक्दा सास्ती खेपिरहनु परेको छ । अहिले यात्रुहरुले यो जयपृथ्वी राजमार्ग होकी खाल्डे राजमार्ग हो भनेर समेत प्रश्न गर्न थालेका छन । 

सडकको स्तरोन्तीका लागी सरकारले रणनैतिक सडक पुल निर्माण, सडक पूर्वाधार विकास कार्यक्रम, राजमार्ग स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रम र सडक क्षेत्र विकास आयोजना अन्र्तगतका कार्यक्रम बाट करोडौ रकम खर्च गरेको छ । यति धेरै रकम खर्च गर्दा पनि सडकको अवस्था भने परिवर्तन भएको छैन । ठेकेदार कम्पनिले स्त्रोन्तीको काममा ढिला सुस्ती गर्दा यस्तो अवस्था आएको हो । सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा गन्तव्यमा पुग्न ढिलाइ हुने गरेको, कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले जटिल प्रकारका बिरामीहरूलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानिय दिपकराज जोशीको भनाई छ । उनले भने सडकको अवस्था राम्रो नभएका कारण जटिल प्रकारका शल्यक्रिया भएका विरामीहरुलाई सकस हुने गरेको छ । कच्ची सडकमा जस्तै गरी गाडी हल्लीने भएका कारण राम्रै मानिस पनि विरामी पर्ने अवस्था सिर्जना भएको छ । 
सडक राम्रो नभएका कारण ठाउँ ठाउँमा गाडी बिग्रने गरेको यातायात व्यवसायीको भनाई छ । सडक भरि भएका खाल्डाखुल्डीका कारण गाडीको पट्टा भाँच्चिने, पानी पसेर हर्नले काम नगर्ने र इन्जिनले चाँडै काम गर्न छोड्ने गरेको यातायात व्यवसायि चक्र बोहराको बताए । उनले भने बागथला देखी चैनपुर सम्म पुग्न दुई देखि अढाई घण्टाको बाटो हो । तर सडक राम्रो नभएको कारण ४५ किलोमिटरमा यात्रा गर्न ४ देखि ५ घण्टा सम्म लाग्ने गरेको छ । बर्षा याममा गाडीहरु विच सकमै फसेर दिनभरी पर्खनु पर्ने अवस्था आउछ । हाम्रा जिल्लाका नेताहरुलाई सडक स्तरोन्तीको बारेमा संसदमा बोलिदिन आग्रह गर्दा पनि कसैले वास्ता गर्दैनन् । ठेकेदार कम्पनि गुणस्तर हिन काम गरेर पैसा कुम्ल्याएर भाग्ने गरेका कारण आफुहरुले सास्ती खेप्नु परेको उनको भनाई छ ।

सडकको समानान्तर निर्माण भएका सिँचाई कुलोहरूबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले सडक जयपृथ्वी राजमार्ग बिग्रेकोे डिभिजन सडक कार्यालयले जनाएको छ । जयपृथ्वी राजमार्गको विभिन्न खण्डमा जागृती निमार्ण सेवा, ग्वाल्लेक निमार्ण सेवा र जलजला निमार्ण सेवाले सडक स्तरोन्तीको ठेक्का लिएका छन ।

अहिले राजमार्गको बागथला देखि चैनपुर सम्मका सडकमा भएका खाल्डा पुर्ने र मोडहरु फराकिलो गर्ने काम भईरहेको जयपृथ्वी राजमागर्को साईड हेरिरहेका प्राविधिक बर्क बहादुर कठायत बताउछन । यसै आर्थिक बर्ष भित्र सकिने लक्ष्य भएको भए पनि कोरोना महामारीका कारण भएको बन्द्याबन्दीले गर्दा काम ढिला हुन गएको हो । स्तरोन्तीको काममा ठेकेदार कम्पनिले विभिन्न बाहाना बनाउनदै ढिला सुस्ती गर्ने गरेको उनको भनाई छ ।