एकै गाउँका चार बालबालिका सम्पर्कविहीन

एकै गाउँका चार बालबालिका सम्पर्कविहीन

सोलुखुम्बु : माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कविहीन छन्। 

स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सिस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन्। साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी  जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन। उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेको छ।