जिप्रका कैलाली द्धारा भदौँ ३१ सम्मका लागी सबै सेवाहरु स्थगीत

जिप्रका कैलाली द्धारा भदौँ ३१ सम्मका लागी सबै सेवाहरु स्थगीत

धनगढी ।
जिल्ला प्रशासन कार्यालय कैलालीले भदौँ ३१ गते सम्म कुनै पनि सेवा नदिने जनाएको छ। प्रशासनले आईतबार सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञाको पालन कार्यान्वयन गर्दै नागरिकता, राहादानी लगायतका सबै सेवाहरु स्थगीत गरिएको हो।

प्रशासकिय अधिकृत यादव बहादुर भण्डारीद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘निषेध सम्बन्धी आदेश कार्यान्वयन गर्ने गराउँने सन्दर्भमा यस कार्यालयबाट जारी हुँदै आएका नागरिकता, राहादानी लगायतका सबै सेवाहरु ३१ गते सम्म स्थगीत गरिएको व्यहोरा अनुरोध छ।’

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई प्रशासनले शनिबारदेखि खुकुलो बनाएको थियो। यसअघि भदौ ४ गतेदेखि १९ गते मध्यरातिसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएकोमा शनिबारदेखि ३१ भदौसम्म लागु हुने गरी खुकुलो पारेर निषेधाज्ञालाई निरन्तरता दिइएको छ।

प्रमुख जिल्ला अधिकारी बोहराले दिएको आदेश अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोरबिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईनेछ। सार्वजनिक सवारी साधनमा एक लाईनमा एक जना मात्रै यात्रु अर्थात ५० प्रतिशत मात्रै यात्रु बोक्न पाईनेछ।

खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाइने छ। होटल तथा रेष्टुराले भने होम डेलीभरी गर्नुपर्ने छ। व्यापार व्यावसाय बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। यस्तै राति ९ बजेदेखि बिहान ५ बजेसम्म भने हिँडडुल गर्न नपाउने उल्लेख छ।

 शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्युटीपार्लर, स्विमिङ पुल, जिमखाना, फिटनेस सेन्टर, स्पा, सैलुनलगायत सेवा तथा स्थल सञ्चालन गर्न पाइने छैन्।