अनि दुनियाँ सारा संसार बदलिए झै लाग्छ

अनि दुनियाँ सारा संसार बदलिए झै लाग्छ

अनि दुनियाँ सारा संसार बदलिए झै लाग्छ,
बदलिन्छ मन त अनुहार बदलिए झै लाग्छ।

आजसम्म बनेन आदत सायद तिमी बिनाको
र तिम्रो अभावमा परिवार बदलिए झै लाग्छ।

सम्बन्धहरु मिलाउन सकिएन हामी बिचका,
हेर्ने नजर तिम्रो गर्ने प्यार बदलिए झै लाग्छ।

जब आम्दानीहरू शून्य हुँदै गए जिन्दगीमा,
आफ्नै घर भयो कारागार बदलिए झै लाग्छ।

बदलिन सकेन र त आवस्यकता भएन मेरो
थाहै भएन तिम्रो दरकार बदलिए झै लाग्छ।