परोपकारी काममा धनगढीका युवा, ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’

फुड बैंक धनगढी

धनगढी खबर    

परोपकारी काममा धनगढीका युवा, ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’
फुड बैंक धनगढी

धनगढी ।
बिगत केही दिन बाट धनगढीका युवाले कोरोना भाइरस (कोभिड-१९) को प्रभावमा परेका पिडितलाई  फुड बैंक धनगढी नामक अभियान संचालनगरी राहत बितरण गर्दै आएका छन् ।  

उनिहरुको यो अभियान देशकै नमुना अभ्यास समेत रहेको बताएका छन् । हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ भन्ने नारा का साथ सन्चालन गरिएको फुड बैंकमा अधिकांसले चामल,दाल,नुन,तेल,चाउचाउ सहयोग गरेका छन् ।

यसैक्रममा फुड बैंक धनगढीले पहिलो दिन भानुचोक ७ धनगढीका  ६० घर परीवारलाई १ के जि चामल , ५ सय ग्राम दाल, १ पाकेट तेल, १ पाकेट नुन राहत बितरण गरेको छ भने दोस्रो दिन धुर्जन्न्ना १७  धनगढीका ४५ घर परविारलाई २ केजि चामल, ५ सय ग्राम दाल, १ पाकेट तेल, १ पाकेट नुन, १ साबुन बितरण गरीएको फुड बैंक धनगढीकी अभियन्ता अञ्जली केसिले जानकारी दिनुभयो । 



सोमबार २२, भदौ २०७७ १०:५२ मा प्रकाशित

#धनगढी #फुड बैंक धनगढी #नमुना अभ्यास #देश

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस