डडेल्धुरामा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि

धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षण सोमबार थप एक जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका ९१ नमुनाहरुमध्ये १ जनामा संक्रमण देखिएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालेले परिक्षण भएका नमुनाहरुमध्ये बझाङका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले जिल्लाको थलरा गाउँपालिकाका एकजनामा कोरोना पोजेटिभ देखिएको बताए । स्वाब संकलन गरी परिक्षण भएका अन्य ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।