कैलालीका एक व्यक्तिको करेन्ट लागेर मृत्यु

कैलालीका एक व्यक्तिको करेन्ट लागेर मृत्यु

धनगढी : कञ्चनपुरमा करेन्ट लागेर कैलालीका एक युवकको मृत्यु भएको छ । कैलाली गोदावरी नगरपालिका ५ कटानका २३ बर्षिय सन्तोष बिक को करेन्ट लागेर मृत्यु भएको हो ।

कञ्चनपुर कृष्णपुर नगरपालिका ४ राजघाटको जङ्गलमा उनलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

२१ गते बिहान करिब १ बजे तिर करेन्ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ । करेन्ट लागेर गोदावरीका श्याम बिक समेत घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

६ जनाको टोली जङ्गलमा गएको बेला करेन्ट लागेको र अन्य ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।