कञ्चनपुरमा हतियारसहित एक जना युवक पक्राउ

कञ्चनपुरमा हतियारसहित एक जना युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा हतियार सहित एक जना युवकलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० भुडामा ससस्त्र प्रहरी बल बिओपी भुडाले आज अपराह्न १२ बजे तिर सिमा गस्तीका क्रममा बेलौरी नगरपालिका १० भुडाका २४ वर्षीय खुसिराम चौधरीलाई हतियार सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीसंग एक थान कटुवा पेस्तोल ३१५ पेस्तोलमा प्रयोग हुने २ थान गोली र एक हजार नगदसहित बरामद गरेको ससस्त्र प्रहरी बल बिओपी भुडाका ससस्त्र प्रहरी साहयक निरीक्षक राजेन्द्र प्रसाद भट्ट्ले बताए ।

बिओपी भुडाका प्रहरी साहयक निरीक्षक भट्टको नेतृत्वमा रहेको टोलीले सिमा नजिकै रहेको नहरमा संकास्पद गतिबिधी गरिरहेको देखेपछि शंका लागेर चेकजाँच गर्दा हतियार भेटिएको प्रहरी सहायक निरीक्षक भट्टले बताए ।

पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलडाडीलाई जिम्मा लगाइने ससस्त्र प्रहरी बेलौरीका प्रहरी नायब निरीक्षक गंगा पन्तले बताए ।