धनगढीमा गरिएको परिक्षणमा थप ७४ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा थप ७४ जनामा कोरोना पुष्टि

धनगढी : धनगढीमा गरिएको परिक्षणमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा सोमबार थप ७४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४४५ नमुनाहरुमध्ये ७४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ७१ जना र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले कैलालीको लम्कीचुहाँ नगरपालिकाका मात्रै ६३ जना पुरुषमा संक्रमण देखिएको बताए । यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का तीन महिला र एक पुरुष, वडा नम्बर १३ का एकजना, वडा नम्बर २ का दुईजना, घोडाघोडी नगरपालिका वडा नम्बर १ का एकजना र कञ्चनुरको भिमदत्त नगरपालिकाका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।