धनगढीमा आज थप ७ जनामा कोरोना पुष्टि, कुन वडाका कति ?

धनगढीमा आज थप ७ जनामा कोरोना पुष्टि, कुन वडाका कति ?

धनगढी : धनगढी उप-महानगरपालिकामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उप–महानगरपालिकाको वडा नम्बर ५ का ६४, ५८ र ५० बर्षिया तीन महिला र ६६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै वडा नम्वर १३ की ३० बर्षिया महिला र वडा नम्वर २ की १६ बर्षिय युवती र ८ बर्षिय बालकमा संक्रमण पुष्टि भएको उनले बताए ।