धनगढीमा लाखौँ मुल्यका अबैध कपडाहरु बरामद

धनगढीमा लाखौँ मुल्यका अबैध कपडाहरु बरामद

धनगढी । धनगढीबाट सशस्त्र प्रहरीले एक लाख भन्दा बढीका अबैध रेडिमेड लेडिज कपडाहरु बरामद गरेको छ । उप-महानगरपालिकाको वडा नम्बर १ कटानबाट भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याउदै गरेको अन्दाजि १ लाख २३ हजार ४ सय बराबरको रेडिमेड लेडिज कपडाहरु बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटि गएको गस्ति टोलीले कटान ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याउदै गरेको अवस्थामा अन्दाजि  १ लाख २३ हजार ४ सय बराबरको रेडिमेड लेडिज कपडाहरु बरामद गरेको जनाएको छ ।

बरामद गरिएका कपडाहरु आबश्यक कार्वाहीका लागि कैलाली भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।