सुदुरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक समितीले गर्‍यो ताल कार्यक्रम संग भर्चुअल बैठक

सुदुरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक समितीले गर्‍यो ताल कार्यक्रम संग भर्चुअल बैठक

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक समितिले सोमबार नेपाल सरकारको ताल कार्यक्रम संग भर्चुअल बैठक गरेको छ ।

समितीले सुदूरपश्चिम प्रदेशको जलवायु परिवर्तन र प्रदेशको प्राकृतिक श्रोत बारे बैठक गरेको हो । अर्थविकास तथा प्राकृतिक समितिका सभापति हर्क बहादुर कुवँरको प्रमुख अतिथिमा भएको बैठकमा पुर्व सामाजिक विकास मन्त्री तथा समितिका सदस्य दीर्घ सोडारी, प्रदेश सभा सदस्य अक्कल रावल, महेशदत्त जोशी, पुर्णा जोशीको सहभागीता रहेको थियो ।  

समितीका सभापती कुँवरका अनुसार भर्चुअल बैठकले प्रदेशमा जलवायु परिवर्तनले पारेको असरको बारेमा छलफल भएको हो । समितिले प्रदेशमा प्राकृतिक विपत्तीका कारणले बाताबरणमा पुगेको क्षती बारे सरकारलाई महत्वपुर्ण सुझाब दिन बैठकको आयोजना गरेको उनले बताए ।