स्कटल्यान्डको जित

स्कटल्यान्डको जित

खेलमामा स्कटल्यान्डले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा स्कटल्यान्डले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएको हो । 

चेक रिपब्लिकको घरेलु मैदानमा भएको खेलमा स्कटल्यान्डलाई जित दिलाउन ल्योन्डन डिकेस र रियान क्रिसटिइले एक–एक गोल गरे । उता चेक रिपब्लिकका लागि जेकुब पेसेकले एक गोल गरे । 

खेलको ११ औँ मिनेटमा चेक रिपब्लिकका लागि जेकुबले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । चेक रिपब्लिकले आफ्नो अग्रतालाई लामो समयसम्म जोगाइ राख्न सकेन् । २७ औँ मिनेटमा स्कटल्यान्डका लागि डिकेसले बराबरी गोल फर्काए । 

५२ औँ मिनेटमा रियानले पेनाल्टीमार्फत गोल गर्दै स्कटल्यान्डलाई २–१ गोलको जित दिलाए । जितसँगै समूह एफको स्कटल्यान्डले दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको चेक रिपब्लिकको ३ अंक रहेको छ ।