डडेल्धुरामा गरिएको परिक्षणमा सबैको रिपोर्ट 'नेगेटिभ'

डडेल्धुरामा गरिएको परिक्षणमा सबैको रिपोर्ट 'नेगेटिभ'

धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सबै नमुनाहरुको रिपार्ट नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १५३ नमुनाहरुकै रिपोर्ट नेगेटिभ आएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुसार आज परिक्षण गरिएका १५३ नमुनाहरुको परिक्षण रिपार्ट नेगेटिभ आएको हो ।

यसअघि सोमबार ९१ नमुनाहरु परिक्षण गरिएकोमा एकजनामा संक्रमण देखाएको थियो ।