तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन

तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ बर्षिय अभिनेता रेड्डीको आन्ध्रप्रदेशको गुंटुरमा हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अभिनेता रेड्डीले धेरै जसो फिल्ममा निगेटिभ र कमेडी भूमिकामा अभिनय गरेका थिए । सन १९९८ मा ब्रह्मा पुथरुदु फिल्मबाट क्यारियर शुरु गरेका जयप्रकाश सन १९९९ मा समारासिम्हा रेड्डी फिल्ममा निभाएको भिलेनको भूमिकाबाट चर्चित बनेका थिए ।

उनको निधनमा दक्षिण भारतीय सिनेमा क्षेत्रका कलाकारले दुख व्यक्त गरेका छन् ।