बझाङमा एक जना प्रहरीमा पनि कोरोनाको संक्रमण

बझाङमा एक जना प्रहरीमा पनि कोरोनाको संक्रमण

बझाङ : बझाङमा एक जना प्रहरीमा पनि कोरोनाको संक्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय दुर्गाथलीमा कार्यरत २९ वर्षीय एक प्रहरी जवानमा केरोना सक्रमण रहेको जनाइएको छ । दुर्गाथली गाउँपालिकामा पछिल्लो समय सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।

संक्रमित देखिए संगै ईलाका प्रहरी कार्यालय दुर्गाथलीमा कार्यरत प्रहरीहरुको ३ दिन अघि स्वाव संकलन गरेर डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाईएको थियो । आज आएको नतिजामा एक जनालाई संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी जवानलाई जिल्ला अस्पतालको आईसेलेसनमा राखिने भएको छ । संक्रमित जवानलाई जिल्ला अस्पताल ल्याउन एम्बुलेन्स दुर्गाथली तर्फ पठाईएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले जानकारी दिए । योसँगै बझाङमा कोरोना संक्रमितको कुल संख्या ४ सय ३६ पुगेको छ । जसमध्ये ३ सय ६२ जना निको भएर घर फर्किसकेका छन् ।