बझाङमा ५ दिन निषेधाज्ञा थपियो

बझाङमा ५ दिन निषेधाज्ञा थपियो

बझाङ : बझाङमा ५ दिन निषेधज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।

बुधबार बसेको समितिको बैठकले भदौ १७ गते राति १२ बजेबाट लागू हुने गरी भदौ २५ गते सम्मका लागि जारी निषेधाज्ञा भदौ ३० गते राती १२ बजे सम्मका लागी थपेको हो । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गरिने भएको छ । यस्तै बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुला गरिने भएको छ ।

समितिको आजको बैठकले देशका विभिन्न जिल्ला लगायत भारत र तेस्रो मुलुक बाट अउने लाई अनिवार्य क्वारेन्टाईनमा राखी छ दिन पछि स्वाव सकलनको व्यवस्था गर्ने रिपोर्ट नआउन्जेल क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाईन तथा अईसेलेसन व्यवस्थापनलाई थप शशक्त बनाउने निर्णय पनि गरेको छ ।