हितेशबारे "हल्ला र वास्तविकता"

हितेशबारे "हल्ला र वास्तविकता"

हितेश ओझा, पछिल्लो समय यता कैलाली लगायतका युवा माझ निकै लोकप्रिय नाम हो । केहि समय अध्यापन पेशामा लागेका ओझा शिक्षण वाट समाजबाद को यात्रामा योगदान गर्न खुला राजनीतिमा आउनुभयो।

 पुर्खेउली नै आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका ओझाको जीवन शैली छ । भड्किलो तथा असामान्य  भन्दा नी सरल स्वभावले सहजै 'सर्कल' मा रुचाउने व्यक्ति हुन ओझा । कम्युटर इन्जिनियर अध्ययन गरेका ओझा बौद्धिक युवाका रुपमा आफुलाइ स्थापित गरेका व्यक्ति हुन । 
 
अहिले पनि विभिन्न ठाँउ वाट राम्रो जागीरको अवसर सहित आग्रह गर्दा गर्दै पनि सुदुरपश्चिम कम्युनिस्ट आन्दोलनको हस्ती वर्तमान सरकारका उधोग मन्त्री माननीय लेखराज भट्ट ज्यु को सचिबालय समालीरहनु भएको छ ओझा, प्रमुख स्वकीय सचिवको रुपमा । 

माननीय मन्त्री ज्यु को सचिबालय समाले देखिन उहाँले सफल मन्त्री तथा कार्यकाल कसरी बनाउने भन्ने  कार्यमा क्रीयासिल हुनुहुन्छ । उहाँ लाई  कोरोनाले विश्व समुदाय आक्रान्त भएकोबेला नेपाल पनि अछुतो हुन नसकेको अवस्थामा  नेपालीको दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न ,तेल लगायतका सामाग्री कसरी अपुग हुन नदिने भन्ने चिन्ता ले सुत्न सम्म दिएको छैन । 

हाल उहाको दैनिकी मन्त्रालय लाई कसरी सफल बनाउने भन्ने बारे रात दिन सम्बन्धित सरोकारवाला व्यक्तीहरु सङ्ग छ्लफलमा व्यस्त हुन्छ । अहिले माननीय मन्त्री ज्युको  निर्वाचन क्षेत्र का नागरिक पनि खुसी भएका छन् । सिधै मन्त्री ज्यु लाई  आफ्ना गुनासा हरु राख्न पाउँछन।

 कोरोनाका कारणले निर्वाचन क्षेत्रमा योजना, रोजगारी लगायतका कुरा सोचेजस्तो गर्न नसकेपनि परिस्थिति अनुकुल हुने बित्तिकै  त्यसमा लागीपर्ने पटकपटक सार्वजनिक रुपमै बिसयमा चर्चा भएको अवगत नै छ ।

उहाँ माननिय मन्त्री ज्युको सचिबालयमा नियुक्ति भए देखि नै केही तत्व उहाँको पछी लागिरहेको थियो आफ्ना स्वार्थ पूरा हुने नदेखे पछि अनेक जालझेल, प्रोपोगन्डा तथा अफवाह मच्चाउन तिर लागिसकेका थिए ।


यहाँ टिक्न खुराफाती, स्वार्थी र लोभी हुनुपर्दोरहेछ। आफू पनि खाने र अरूलाई पनि नाजायज तरीकाले कमाउन दिदा मात्र राम्रो मान्दा रहेछन जुन हितेशले स्वीकारेन ।

 एउटा भ्रष्ट , स्वार्थी ,खुराफाती , फटाहा समूह  हितेश ओझा मन्त्री ज्यु को स्वकिय भएदेखी नैं असन्तुष्ट थिए। किनकी उनीहरूको योजना कमाउने थियो  जुन हीतेशले गर्न दिएन। हितेश ओझा त्यो पारिवारिक संस्कारका हुन जुन पारिवारिक  सस्कांरले कहिल्यै पनि गलत गर्न दिन्न। हितेश आफैंमा सम्पन्न हुनुहुन्छ,  त्यसैले लोभ छैन।
"केही पुराना र नयाँ स्वार्थ समूह अहिले खान, लुट्न नपाएर तडपिएका छन" 

तर यो सपना अब पूरा हुने वाला छैन किनभने वहाँ यो सानोतिनो षडयन्त्रमा पर्नु हुने छैन हामी जस्ता हजारौं क्रान्तिकारी तपाईंको साथमा छौ । 

अन्त्यमा तपाईंका हरेक कदमहरु समाजवादको यात्रामा सधै अगाडि बढोस कहिले नडगमाउन शुभकामना ।


लेखक : मनोज राई अनेरास्ववियुका केन्द्रिय कमिटीका  सदस्य तथा सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितीका सदस्य समेत हुन ।