उपत्यकामा निषेधाज्ञा खुकुलोः १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी चल्ने

उपत्यकामा निषेधाज्ञा खुकुलोः १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी चल्ने

काठमाडौंः 
सरकारले तीन सातापछि  काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय गरेका हुन्।मंगलबार र बुधबार सुरक्षा अधिकारी र गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेका हुन्।

परिस्थतिको मूल्यांकन गर्दै नयाँ आदेश जारी भएको सूचनामा उल्लेख गरिएको छ।सरकारले कोरोनाका नाममा लगातार निषेधाज्ञा गरेको भन्दै यसको विकल्प खोज्न जनस्वास्थ्यविद् र सामाजिक अगुवाले अनुरोध गर्दै आएका थिए। नयाँ आदेश अनुसार बिहीबारदेखि सवारी साधन जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुनेछन्।स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग र खलकारखाना खोल्न पाइने छ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्टी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन। 

देशभर झन्डै चार महिना लामो लकडाउन गरेको सरकारले भदौको पहिलो सातादेखि निषेधाज्ञा गरेको हो। उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले  भदौ २ गते भदौ ३ गतेदेखि पहिलोपटक उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए।

भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। त्यसलाई कायम राख्दै भदौ १७ गते फेरि भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। 

निषेधाज्ञापछि पनि उपत्यकामा स‌ंक्रमण घटेको छैन। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ४९ हजार नाघिसकेको छ।  अहिले उपत्यकासहित मुलुकका चालिसभन्दा बढी जिल्लामा निषेधाज्ञा छ।  -अन्नपुर्ण पोष्टबाट