आजको मौसम पूर्वानुमानः देशका अधिकांश स्थानमा सामान्यदेखि पुर्ण बदली हुने

आजको मौसम पूर्वानुमानः देशका अधिकांश स्थानमा सामान्यदेखि पुर्ण बदली हुने

काठमाडौं । 
हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । उक्त प्रभावले हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पुर्ण बदली भइ विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ जल तथा मौसम विभागले जनाएको छ ।

विहिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै रातीसम्म देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।