धनगढीमा आज थप ३७ जना प्रहरीमा कोरोना पुष्टि

धनगढीमा आज थप ३७ जना प्रहरीमा कोरोना पुष्टि

धनगढी : धनगढीमा कार्यरत थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन् ।

उनीहरुको दर्जा भने खुलाईएको छैन् । हिजो पनि गणमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।