नेपालमा कोरोनाले थप ५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

नेपालमा कोरोनाले थप ५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

मन्त्रालयका अनुसार यसअघि हिजो बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ ।कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।

त्यसैगरी मंगलबार पनि ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।