करेन्ट लागेर धनगढी उप-महानगरपालिका एक कर्मचारीको मृत्यु

करेन्ट लागेर धनगढी उप-महानगरपालिका एक कर्मचारीको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिकाको कार्यालयमा  करारमा कार्यरत राजकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

बिहीबार दिउँसो वडा नम्बर १ स्थित शिव नगरमा बिजुलीको पोलमा बत्ती जडान गर्ने बेला करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निसर्ग अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको हो । यस्तै अर्का करार कर्मचारी खेमराज दाहाल भने घाइते भएका छन् । उनको उपचार भइरहेको छ।