लायन्स क्लब अफ धनगढी इनोभेटिभद्धारा गौरीफन्टा नाकामा खाना वितरण सुरु

लायन्स क्लब अफ धनगढी इनोभेटिभद्धारा गौरीफन्टा नाकामा खाना वितरण सुरु

धनगढी । लायन्स क्लब अफ धनगढी इनोभटिभले गौरीफन्टा नाकामा भारतबाट आएका नेपाली नागरिकहरुलाई आज देखि खाना वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । भारतबाट नेपाल फर्कने नागरिकहरु लाई मध्येनजरगरी क्लबले आज देखि नाकामा खाना र पानी वितरण थालेको हो ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपाल फर्कने नागरिकहरुलाई नेपाल भारत सिमानाका गौरीफन्टामा आज देखि खाना र पानी थालेको लायन्स क्लब अफ धनगढी इनोभटिभका सचिव अर्जुन रावलले जानकारी दिए ।

उनले पछिल्लो पटक भारतबाट दशै तिहार मनाउन र कोरोना भाइरसका डरले घर फर्किदै गरेका नागरिकहरु गौरीफन्टा नाकामा भोकभोकै पुग्ने भएकाले उनीहरुको भोक मेटाउन आफुहरुले खाना वितरण कार्यक्रम सुरु गरेको बताए ।

आज पहिलो दिन करिब २ सय जना नागरिक लाई खाना वितरण गरिएकोे सचिव रावलले जानकारी दिए । यस्तै क्लबका अध्यक्ष विजय अवस्थीले आजबाट केही दिन सम्म आफुहरुले नाकामा खाना र पानी वितरण गर्ने बताए ।

साथै खाना वितरण कार्यक्रमको पहिलो दिनमा धनगढी उपमहानगरपालिकाका उप प्रमुख शुशिला मिश्र भट्टको पनि सहभागिता रहेको थियो ।