अमेरिकामा मात्रै एक लाख ९६ हजार दुई सय २८ जनाले कोरोना संक्रमणबाट गुमाए ज्यान

अमेरिकामा मात्रै एक लाख ९६ हजार दुई सय २८ जनाले कोरोना संक्रमणबाट गुमाए ज्यान

काठमाडौं।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा देखिएको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा शुक्रबार विहानसम्म ज्यान गुमाउनको संख्या एक लाख ९६ हजार दुई सय २८ पुगेको छ । त्यस्तै, ब्राजिलमा एक लाख २९ हजार पाँच सय ७५, भारतमा ७६ हजार तीन सय चार, मेक्सिकोमा ६९ हजार ६ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

आजसम्मको तथ्याङक अनुसार विश्वभर दुई करोड ८३ लाख २३ हजार सात सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर नौ लाख १३ हजार नौ सय आठ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।