बुङगलमा बाढीले गरेको क्षतिको जानकारी लिन गएकी हुँ, कुनै कार्यक्रम गरिएको छैनः प्रदेश सभा सदस्य देवकी मल्ल

बुङगलमा बाढीले गरेको क्षतिको जानकारी लिन गएकी हुँ, कुनै कार्यक्रम गरिएको छैनः प्रदेश सभा सदस्य देवकी मल्ल


बझाङ : पछिल्लो केही यता प्रदेश सभा सदस्य देवकी मल्ल सहित नेकपाका नेता कार्यकर्ताको फोटो सामाजिक संजालमा भाईरल भई रहेको छ । हामीले यस बारेमा प्रदेश सभा सदस्य देवकी मल्ल संग बुझ्दा उनले फोटो सत्य भएको तर गलत प्रोपोगण्डा मच्चाएको आरोप लगाईन । 

हामीले यस्तो विशम परिस्थितिमा पनि किन गाँउघरमा भेटघाटमा व्यस्त भन्ने प्रश्नमा उनको भनाई यस्तो थियो । म एउटा जनप्रतिनिधि हुँ । मैले जनताका हरेक दुखमा साथ दिनु पर्दछ । के बुङगलको मिडिको घटनाका पिडितहरुको घाउमा सक्दो मलम पट्टि लगाउन जानू मेरो गलत हो रु पहिरोले  दहबगरको गोइचनमा भएको भौतिक क्षेतिको बारेमा जानकारी लिनु गलत होरु सयौ बर्ष देखि सुकुम्बासी रहेका बड्डिज्याबनका जनताको बारेमा जानकारी लिनु गलत होरु कफलसेरिमा भएको बाढिपहिरोको घटनाको जानकारी लिनु गलत होरु  जनताले यस्तै सुखदुःख को बारेमा बुझ्न र समस्या समाधान गर्न अमुल्य मत दिएर बिजय गराएका हुन। कसैले गलत अफवाह फैलाए पनि यो साँचो नभएको उनको जिकिर छ । 

एउटा चौरमा गालो घेरामा बसेका प्रदेश सभा सदस्य देवकी मल्ल र कार्यकर्ताहरुको भाईरल फोटोको वास्तविकता यस्तो छ । नेकपाले पार्टीका कार्यक्रम बन्द गरे पछि मल्ल धनगडी जाने तयारीमा थिईन । तर बुङगलमा भएका अप्रिय घटना बारे बुझेर आफ्नो समस्या प्रदेश सभामा लैजान जनताले आग्रह गरे पछि मल्ल बुङगल गएकी थिईन । सोही समयमा आफु बुङगल जाँदा केही कार्यकर्ताहरुले आफ्ना समस्या राख्दै गर्दा फोटो खिचिएको हो तर कुनै औपचारीका कार्यक्रम नभएको भएको प्रदेश सभा सदस्य देवकी मल्ले बताईन । 

गएको भदौ २  गते मंगलबार बुङगल नगरपालिकाको मिडीमा गएको पहिरोमा परेर  २ जनाले ज्यान गुमाए भने ४ जना घाईते भए । स्थानिय प्रताप ताम्राकारको घर पहिरोमा परि ठुलो क्षति भयो । आफन्त गुमाएका प्रताप ताम्राकारलाई राहात दिनका लागी मल्ल बुङगल पुगिन । सोही समयमा बुङगल नगरपालिका वडा नं १ गाईचनका स्थानियले पनि गाईचन गाडमा आएको बाढीले ठुलो क्षति गरेको र त्यसको अनुगमन गरी आफ्नो समस्या प्रदेश सरकार सम्म पुगाईदिन आग्रह गरे । गाईचन गाडमा आएको बाढीले करिब २ किलोमिटर सडक, पानी घट्ट, साँघु, घर र खानेपानी बगाएर ठुलो क्षति ग¥यो । स्थानिय सरकारलाई यसको बारेमा जानकारी दिदा पनि कुनै सुनुवाई नभए पछि गोईचनवासीले यो समस्या देवकी मल्ललाई सुनाए पछि उनी त्यता गईन ।

बझाङको बुङगल नगरपालिका वडा नं बड्डी ज्याबनका स्थानियले पनि देवकी मल्ल लाई आफुहरुलाई सुकुम्वासीको सुचीमा राख्न माग गरे । सबैको आ–आफ्नै खेतबारी भए पनि कसैको नाममा लालपुर्जा नभएकाले आफ्नो गाँउको अनुगमन गरी सुकुम्वासीको सुचीमा राख्न आग्रह गरेका छन । प्रदेश सांसद देवकी मल्ललाई भेटेर आफुहरुको नाममा नेपालको कुनै पनि ठाँउमा जग्गा नभएकाले ज्यावनवासीलाई सुकुम्वासीको सुचीमा राखिदिन आग्रह गरे पछि देवकी मल्ल बड्डी ज्यावन गईन । र त्यहाँका जनतालाई आफुले यस बारेमा प्रदेश सभाका कुरा उठाउनुका साथै मुखयमन्त्रीको कार्यालयलाई जानकारी दिने र आफुले सक्ने सहयोग गर्ने बताईन । बड्डी ज्यावन बाट फकर्ने क्रममा भदौ २४ गते बगालीमा  केहि साथीहरुले आफ्नो पनि खानेपानी समस्या भएकोले कसरी समाधा गर्न सकिन्छ भनेर छलफल गर्न आग्रह गरे पछि आफु उनीहरु संग बसेको बेला खिचिएको फोटो अहिले भाईरल भएको उनको भनाई छ । 

खौलाधारमा बसी रहेको समयमा मदिरा सेवन गरेर आएका काँग्रेसका कार्यकर्ताहरुले आफुहरु माथी अभद्र व्यवहार तथा होहल्ला गर्न थाले  । अभद्र व्यवहार तथा होहल्ला गर्न खोज्ने लाई ईलाका प्रहरी कार्यालय बुंगलले नियन्त्रणमा लिएको र भोलिपल्ट माफी मागे पछि रिहाइ गरिएको थियो । आफुहरुलाई पक्राउ गरेको झोकमा काँगे्रेसका कार्यकर्ताहरुले प्रोपोगन्डा मच्चाउन खोजेको कुरा खेदजनक रहेको मल्लको भनाई छ ।