जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्ष भित्र १९ वर्षीय युवकले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्ष भित्र १९ वर्षीय युवकले गरे आत्महत्या

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एक थुनुवाले प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन्।

भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार थुनुवा कक्षको शौचालयमा विकले आत्महत्या गरेका हुन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।