कैलाली-कञ्चनपुरका थप १२ जनामा कोरोना पुष्टि

कैलाली-कञ्चनपुरका थप १२ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण भएका ४६४ नमुनाहरुमध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिक कुमार श्रेष्ठले कैलालीका ४ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ४ जना पुरुष, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ६ का एक महिला र दुई पुरुष गरी तीन जना र महाकालीकै वडा नम्बर ४ का एकजना पुरुषमा संक्रमण देखिएको बताए ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।