डोटीमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

डोटीमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका ८६ नमुनाहरुमध्ये ६ जनामा संक्रमण देखिएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाको कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

उनले आज दिपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका विभन्न ठाउँबाट संकलन गरिएका नमुनाहरुको परिक्षण भएको जानकारी दिए । अन्य ८० जनाको कोरोना परिक्षण रिपार्ट भने नेगेटिभ आएको छ ।