सुदूरपश्चिममा शुक्रबार थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ४०६ पुग्यो

सुदूरपश्चिममा शुक्रबार थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ४०६ पुग्यो

धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण भएका ६५९ नमुनाहरुमध्ये १८ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा कोभिड १९ को परिक्षण भएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४६४ नमुनाहरुमध्ये १२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिक कुमार श्रेष्ठले कैलालीका ४ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ४ जना पुरुष, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ६ का एक महिला र दुई पुरुष गरी तीन जना र महाकालीकै वडा नम्बर ४ का एकजना पुरुषमा संक्रमण देखिएको बताए ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै  डडेल्धुरा अस्पतालका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोना परिक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा १०९ जनाको परिक्षण गरिएको र सबै जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

यसअघि बिहिबार गरिएको परिक्षणमा पनि ९७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ८६ नमुनाहरुमध्ये ६ जनामा संक्रमण देखिएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाको कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

उनले आज दिपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका विभन्न ठाउँबाट संकलन गरिएका नमुनाहरुको परिक्षण भएको जानकारी दिए । अन्य ८० जनाको कोरोना परिक्षण रिपार्ट भने नेगेटिभ आएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार चार सय ६ पुगेको छ ।